हारबाट हतोत्साहित हुनुपर्ने अवस्था छैन : सोमपाल

काठमाडौं ।  खराब ब्याटिङ गरेपछि नेपालले मंगलबार नेदरल्याण्ड्सविरुद्ध हारसँगै आइसिसी ट्वान्टी-२० विश्वकपको यात्रा सुरु गरेको छ । अमेरिकाको टेक्सासमा नेदरल्याण्ड्सविरुद्ध बिर्सनलायक ब्याटिङपछि बलिङमा साथ पाए पनि नेपाल ६ विकेटले पराजित हुन पुग्यो ।

नेपाली समर्थक ग्रान्ड पेरी रंगशालामा पूर्ण भरिभराउ रहँदा टियु क्रिकेट मैदानकै अनुभूति भएको थियो । तर ती दर्शकले जितको खुसी भने लिन पाएनन् र सन् २०१४ पछि नेपालको विश्वकपमा पुनरागमन सुखद बन्न सकेन ।

दोस्रो पटक विश्वकप खेलेका सोमपाल कामीले यो हारबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको बताए । ‘यो हारबाट दबाबमा छैनौं । जति पनि दबाब थियो, विश्वकप छनोटमा थियो । यहाँ हामी आफूलाई प्रमाणित गर्न आएका हौं,’ उनले भने, ‘सुपर आठका लागि योग्य टोली हौं भन्ने सन्देश दिन चाहन्छौं । पहिलो खेलमा हार व्यहो-यौं । तर आगामी तीन खेलमा राम्रो गर्नेछौं ।’

टस जितेर पहिले फिल्डिङ गर्ने नेदरल्याण्ड्सको निर्णय सही साबित भयो । किनकि नेपालले सुरुदेखि नै ब्याटिङमा निकै संघर्ष गर्नुप-यो । एक समय सय रनको आँकडा पनि पार गर्ने अवस्थामा नेपाल थिएन । कप्तान रोहितकुमार पौडेल र तल्लो क्रमका ब्याटरले ससाना इनिङ खेलेपछि नेपालले १०७ रनको सामान्य लक्ष्य दियो । जबाफी लक्ष्य पछ्याएको डचविरुद्ध नेपालका बलरले कसिलो बलिङ गर्दै चुनौती दिए । तर सफल हुन भने सकेनन् ।

डच टोली पनि सहजै लक्ष्य भेट्टाउन सफल भएनन् । त्यो लक्ष्य पूरा गर्न नेदरल्याण्ड्सले १८.४ ओभरमा मात्र चार विकेटको क्षतिमा पूरा ग¥यो । डच ब्याटरले पनि सुरुदेखि दबाब सामना गरे । तर धैर्यपूर्वक खेल्दै सहजै विकेट दिएनन् । दोस्रो ओभरमै नेपालले ब्रेक थ्रु पाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *