पहिलो पटक विश्वकप खेलेको युगाण्डाको विजयी सुरुवात, पीएनजी स्तब्ध

काठमाडौँ । युगाण्डाले जारी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ । बिहीबार बिहान सम्पन्न समूह सी अन्तर्गतको खेलमा युगाण्डाले पीएनजीलाई ३ विकेटले पराजित गरेको हो ।

पिएनजीले दिएको केवल ७८ रनको लक्ष्य पछाएको युगाण्डाले १८.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको पिएनजीले १९.१ ओभरमा अल आउट हुँदै ७७ रन मात्र बनाएको थियो ।

समूह सी मा रहेको युगाण्डाको यो दोस्रो खेलमा पहिलो जित हो । यो जितसँगै युगाण्डाले २ महत्वपूर्ण अंक हासिल गरेको छ । पहिलो पटक विश्वकप खेलिरहेको युगाण्डाको विश्वकपमै यो पहिलो जित हो । पिएनजीले भने लगातार दोस्रो हार बेहोरेको छ ।

अब युगाण्डाले अर्को खेल जुन ९ मा वेस्ट इन्डिजसँग खेल्ने छ । त्यस्तै पिएनजीले अर्को खेल जुन १४ मा अफगानिस्तानसँग खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *