मुख्यमन्त्रीमा सतीश सिंहलाई पठाउने जनमतको निर्णय

काठमाडौं । मधेस प्रदेशमा जनमत पार्टीका नेतृत्वमा सरकार बनाउन आज दाबी पेश गर्ने तयारी भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गरेकी छन् ।

जनमतले सतिस कुमार सिंहलाई मुख्यमन्त्रीको रुपमा अगाडी सारेको छ । एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा सिंहले आजै सरकारमा दाबी पेश गर्ने तयारी गरेका छन् । यसअघि जनमत संसदीय दलका नेता महेशप्रसाद यादवको नेतृत्वमा सरकार बनाउने चर्चा भएको भएपनि जनमतले सिंहलाई अगाडी सारेको छ ।

मधेसमा जनमत पार्टीको १३, एमालेको २४, माओवादी केन्द्रको ९, एकीकृत समाजवादीको ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद गरी ५४ सांसदको समर्थनमा जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्ने तयारी गरेको छ । सिंह सप्तरीको निर्वाचन क्षेत्र २ को १ बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *