बिक्री हुनै छाडे हस्तकलाका सामाग्री, व्यापारीलाई चिन्ता !

काठमाडौँ । भक्तपुरमा हस्तकला सामाग्रीको बिक्रीमा कमी आएको छ । पर्यटकहरूको संख्यामा कमी आउँदा उक्त सामाग्रीहरूको बिक्रीमा कमी आएको हस्तकला व्यापारी धुम बहादुर नेपालीले बताए ।

उनका अनुसार कोभिड–१९ को समयदेखि भक्तपुरमा पर्यटकहरूको आगमनमा कमी आएको हो । कोभिड–१९ भन्दा अगाडि हस्तकला सामाग्रीहरू धेरै बिक्री हुन्थे तर कोभिड–१९ पछि ती सामाग्रीहरूको बिक्रीमा कमी आएको उनको भनाई छ ।

धेरैजसो हस्तकलाहरू विदेशी पर्यटकले नै खरिद गर्ने उनले बताए । कमैमात्र स्थानीयले हस्तकलाहरू खरिद गर्छन् । उनले विदेशी पर्यटकहरूको रोजाइमा काठबाट बनेका सामाग्री, विभिन्न धातुबाट बनेका गरगहना र थाङ्का चित्रहरू पर्ने गरेको बताए ।

अर्का व्यवसायी राजेश अवालले भक्तपुरमा दसैँ र विस्केटजात्राको सिजनमा सबैभन्दा धेरै हस्तकला बिक्री हुने बताए । उनले दसैँ र बिस्केटजात्रामा पर्यटकहरू धेरै आउने र सामानको बिक्री पनि राम्रो हुने बताए । अन्य सिजनमा भने हस्तकलाहरू खासै बिक्री नहुने उनको भनाई छ ।

उनले भने ‘दसैँ र बिस्केटजात्रामा पर्यटकहरू बढी आउँछन् । त्यसबेला सामानहरूको बिक्री पनि राम्रो हुन्छ । तर अरु सिजनमा खासै बिक्री हुदैँन् ।’

उक्त हस्तकलाहरू विदेशी पर्यटकहरूलाई बेच्दा धेरै फाइदा हुने उनको भनाई छ । उनले स्थानीय र आन्तरिक पर्यटकहरूलाई धेरै नाफा नराखी सस्तो मूल्यमा हस्तकलाहरू बेच्ने गरेको बताए ।

उनले भने ‘पथप्रदर्शक (Guide) नभएका पर्यटकहरूलाई सामान बेच्दा धेरै फाइदा हुन्छ’

उनका अनुसार पथप्रदर्शक (Guide)  भएका पर्यटकलाई सामान बेच्दा उनीहरूका पथप्रदर्शक (Guide) लाई कमिसन बापत केहि रकम दिनुपर्ने हुन्छ । त्यसकारण पथप्रदर्शक नभएका पर्यटकलाई सामान बेच्दा धेरै फाइदा हुने उनले बताए । त्यसैले पनि पर्यटकलाई महँगोमा सामान बिक्री गर्न आफूहरू बाध्य भएको उनको भनाई छ ।

उनले हस्तकला खरिद गर्ने आन्तरिक पर्यटकहरूको संख्या एकदमै कम भएको बताए ।

‘यी सामानहरू स्थानीयहरूले नकिन्ने त होइन तर विदेशीले जति चैँ किन्दैनन् ।’

प्राय हस्तकलाका सामानहरू विदेशी पर्यटकले नै खरिद गर्ने भएकाले उक्त पसलहरूलाई ‘टुरिस्ट पसल’ भनेर चिनिने अर्का हस्तकला व्यवसायी तारा तामाङले बताइन् । उनले एउटा सामान बेचे बापत ४ देखि ५ हजारसम्म नाफा हुने बताइन् ।

‘अरु पसलहरू भन्दा हस्तकलाका पसलबाट बढी नाफा कमाउन सकिन्छ’ उनले भनिन् ।

उनले अन्य हस्तकलाका सामानहरूमध्ये थाङ्काको बिक्री धेरै हुने गरेको बताइन् । स्थानीयहरूले समेत थाङ्का खरिद गर्ने उनको भनाई छ ।

उनका अनुसार तामाङ समुदायमा कोही व्यक्ति मर्दा ‘थाङ्का’ चढाउने गरिन्छ । जसकारण थाङ्काको बिक्री बढ्दै गएको उनले बताइन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *