वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरण अनलानबाटै हुने (भिडिओ)

काठमाडौँ । वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरण अनलाइन प्रणालीमार्फत गर्ने कार्यको शुभारम्भ भएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरण कार्य अनलाइन प्रणालीमार्फत गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउन परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवश्यक समन्वय गरेर काम गरिरहेको बताए ।

उनले वैदेशिक रोजगार विभागसँग समेत समन्वय गरी कन्सुलर सेवा विभागले निर्माण गरेको अनलाइन मागपत्र प्रमाणीकरण प्रणालीको आजबाट कार्यान्वयन भएपश्चात् सम्बन्धित मुलुकका रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजान नेपाली नियोग समक्ष अनलाइनबाट आवेदन गर्ने र आवेदन स्वीकृति भएपछि मात्र राजश्व रकम भुक्तानी कार्य हुने बताए ।

उनले भने– ‘वैदेशिक रोजगार विभागसँग समेत समन्वय गरी कन्सुलर सेवा विभागले निर्माण गरेको अनलाइन मागपत्र प्रमाणीकरण प्रणालीको आजबाट कार्यान्वयन भएपश्चात् सम्बन्धित मुलुकका रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजान नेपाली नियोग समक्ष अनलाइनबाट आवेदन गर्ने र आवेदन स्वीकृति भएपछि मात्र राजश्व रकम भुक्तानी कार्य हुन्छ ।’

उनले तत्पश्चात् उक्त मागपत्रहरु अनलाइनबाट नै वैदेशिक रोजगार विभागको प्रणालीमा आइपुग्ने र वैदेशिक रोजगारी विभागले रुजु गरी आवश्यक श्रम स्वीकृति प्रदान हुने बताए ।

उनले यस व्यवस्थाबाट सम्बन्धित रोजगार दाता कम्पनी, व्यक्ति एवं छनोट गर्ने कम्पनी लगायत सबैले आफ्नै घर वा कार्यालयबाट माग पत्र प्रमाणीकरणका सबै प्रक्रिया अनलाइनबाट नै पूरा गर्नसक्ने, आफ्नो आवेदनको प्रगति विवरण हेर्नसक्ने, कुनै कागजात तथा विवरण नपुगे अनलाइनबाट नै अपडेट गर्नसक्ने, बिचौलियाजन्य कार्य निरुत्साहित भई कार्यालयमा भिडभाड नहुने, रोजगारदाता र श्रमिक छनोट गर्ने एजेन्सी लगायतका विवरणहरू सुरक्षित रहने बताए ।

उनले रिहाद बाहेक अन्य राजदूतावासमा यसअघि मागपत्र प्रमाणीकरण नहुने गरेको पनि बताए ।

‘मागपत्रहरु अनलाइनबाट नै वैदेशिक रोजगार विभागको प्रणालीमा आइपुग्ने र वैदेशिक रोजगारी विभागले रुजु गरी आवश्यक श्रम स्वीकृति प्रदान गर्दछ’ उनले भने,‘यस व्यवस्थाबाट सम्बन्धित रोजगार दाता कम्पनी, व्यक्ति एवं छनोट गर्ने कम्पनी लगायत सबैले आफ्नै घर वा कार्यालयबाट माग पत्र प्रमाणीकरणका सबै प्रक्रिया अनलाइनबाट नै पूरा गर्नसक्ने, आफ्नो आवेदनको प्रगति विवरण हेर्नसक्ने, कुनै कागजात तथा विवरण नपुगे अनलाइनबाट नै अपडेट गर्नसक्ने, बिचौलियाजन्य कार्य निरुत्साहित भई कार्यालयमा भिडभाड नहुने, रोजगारदाता र श्रमिक छनोट गर्ने एजेन्सी लगायतका विवरणहरू यसमा सुरक्षित रहन्छ ।’

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अनलाइन प्रणालीले श्रमिकहरूको हक र हितको लागि साथै रोजगारदाता कम्पनीहरूलाई नियन्त्रण र उनीहरूलाई सहजीकरणका लागि महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

‘यसले श्रमिकहरूको हक र हितको लागि साथै रोजगारदाता कम्पनीहरूलाई नियन्त्रण र उहाँहरूलाई सहजीकरणका लागि यसले अत्यन्त महत्वपूर्ण भुमिका खेल्नेछ । फेसिममा हामीले ब्ल्याक लिस्ट गर्नुपर्ने हुन्छ, अचानक गर्नुपर्ने हुन्छ’ उनले भने,‘त्यसकारणले त्यो अचानक हामीले ब्ल्याक लिस्टेड गरेका नेपालको संस्थाहरु होला वा विदेशी संस्थाहरु होलान् । ती संस्थाहरु हामीले गर्ने बित्तिकै, श्रम मन्त्रालयले गर्ने बित्तिकै यो सिस्टममा अटोमेटिक नआउने हुन्छ वा हुँदैन त्यसमा स्पष्ट होस्, नआउने छ भने आउने बनाइयोस्, यो अटो नै हुनुपर्छ ।’

उनले स्यालरीको करेन्सी नेपाली वा युएस डलरमा राख्न सुझाव दिए । स्यालरी राख्ने प्रणालीमा अंग्रेजी भए अमेरिकन डलर र मिलेसम्म नेपालीमा नै राख्न सुझाव दिए ।

उनले यस प्रणालीको शुभारम्भ नेपाली राजदूतावास अबुधाबीबाट गरिएको र अब क्रमैसँग छिटै अन्य नेपाली राजदुतावासहरुबाट समेत अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगारसम्बन्धी मागपत्रको प्रमाणीकरण हुने व्यवस्था गर्न लागिएको बताए ।

‘स्यालरीको करेन्सी त्यही देशको माथि सेलेक्ट गरेको पैसामा देखाउँछ होला, त्यस कारण हामीले नेपाली रुपैयाँमा पनि बुझ्न पर्ने भएकाले त्यो दिनको अटोमेटिक रेट राख्न मिल्छ । यदि त्यो मिलेन भने युएसए डलरमा मिल्छ’उनले भने,‘स्यालरी राख्ने सिस्टममा अंग्रेजीमा देखाउने भए युएसडीमा र नत्र नेपालीमा होस् । हाम्रो नियोगहरूका जसले यो प्रयोग गर्नुहुन्छ, यसमा उहाँहरूलाई टे«निङ गरेर काम सुरु भन्दाअघि नै सिकाउनु पर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *