‘संसदमा गाँजाको झोला लैजान मिल्ने तर व्यावसायिक र कानुनी वैधानिकता दिन किन नमिल्ने ?’
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले गाँजाले बनेको झोला बोकेर बजेट प्रस्तुत गरेको बताएका छन् ।
अर्थमन्त्री पुनले शुक्रवार प्रतिनिधि सभाको कृषि समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ सम्बन्धी छलफलमा अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले जनताको सार्वभौम संसदमा गाँजाको झोला छिर्न मिल्ने तर व्यवसायीक र कानुनी रुपमा खोल्न नमिल्ने भन्ने नहुने बताए । बजेटमा गाँजाको विषयमा किन व्यवस्था गरियो र सरकारले आगामी दिनमा कसरी कार्यान्वयन गर्छ भन्ने विषयमा उनले धारणा राखेका थिए ।
उनले गाँजाको व्यवसायीकता र कानुनी विषयमा पर्याप्त छलफल आवश्यक भएको बताए ।
उनले भने ‘हामीले गाँजा, भाङ भन्छौं । भङ्गो भन्छौं । गाँजालाई सरकारले गर्न खोजेको के हो भने गाँजा उत्पादन गर्न पाइँदैन । तर मुलुकमा त्यसको उत्पादनहरू छ्यापछ्याप्ती छ र प्रयोग गर्न पनि पाइन्छ । मैले यसपालि आगामी आर्थिक वर्षको बजेट नेपाली उत्पादनमा लैजाऊँ भन्दा बजारमा अर्थ मन्त्रालयका कर्मचारीलाई खोज्न भन्दा नेपाली उत्पादनको ब्याग भेटियो । त्या नै नेपाली गाँजा वा भङ्गो हो । त्यसमा गाँजाको फाइबर, अलिकति ऊन केही धागोहरू मिसिएर बनेको रहेछ । सबैले एप्रिसेट गर्नुभयो । नेपालको उत्पादन हो राम्रो हो ।’
उनले नेपाली उत्पादनलाई राम्रो भयो भनेर बजारमा राम्रो प्रचार भएको बताए ।
‘गाँजाको ब्याग लिएर देशको अर्थमन्त्रीले सार्वभौम जनताको प्रतिनिधि संस्था संसदमा बोकेर बोकेर जान मिल्ने रहेछ फेरि, जान पनि मिल्यो सबैले एप्रिसेट गरे भनेपछि गाँजा सम्बन्धी मुलुकमा गजबको व्यवस्था रहेछ ।’
उनले गाँजा राम्रो कमर्सियल आइटम भएको बताए । उनले गाँजालाई वैधानिकता दिने र अनुसन्धानलाई खोल्ने अन्य औषधिजन्य कुरालाई अनुसन्धानपछि अगाडि बढाउने र मनोरन्ञ्जनको रुपमा स्टेपवाइज रुपमा बिस्तारै गर्दै जानुपर्ने उनले बताए ।
उनले भने ‘त्यसो हुँदा हाम्रो समाज पनि बच्छ । भावी पुस्तालाई गलतबाटोमा लैजान चाहँदैनौँ । युवाहरू ४८ घण्टासम्म गाँजाको नसामा पर्ने खालको विषयलाई वैधानिकता दिँदा मुलुकको सामाजिक अवस्था बिगार्ने गरी कानुनी वैधानिकता दिनु हुँदैन । सोच विचार पु¥याएर राज्यले जिम्मेवारीपूर्वक कानुनी व्यवस्था गर्नु आवश्यक छ ।’