पहिलो जितको खोजिमा भिड्दै क्यानडा र आयरल्यान्ड

आईसीसी ट्वान्टी–२० विश्वकपमा क्यानडा र आयरल्याण्ड पहिलो जितको खोजिमा मैदान उत्रिएका छन्। शुक्रबार बेलुकाको खेलमा क्यानडाविरुद्ध आयरल्यान्डले पहिले फिल्डिङ गर्ने भएको छ।

शुक्रबार न्यूयोर्कमा हुने खेलका लागि भएको टस जितेर आयरल्यान्डका कप्तान पाउल स्टर्लिङले फिल्डिङको निर्णय गर्दै क्यानडालाई ब्याटिङमा निम्त्याएका हुन् ।

समूह ‘ए’मा रहेका दुवै टिम आज पहिलो जितको खोजीमा छन्। यसअघि पहिलो खेलमा क्यानडा अमेरिकासँग सात विकेटले पराजित भएको थियो । आयरल्यान्ड पनि पहिलो खेलमा भारतसँग आठ विकेटले हारेको थियो।

सुपर ८ मा पुग्ने सम्भावना कायम राख्न दुवै टोलीलाई जितको आवश्यकता छ। यही समूहमा भारत, पाकिस्तान र अमेरिका छन्। अमेरिकाले दुवै खेल जितेको छ भने भारत पनि अपराजित छ। पाकिस्तान अमेरिकासँग सुपरहोभरमा पराजित भएपनि पुर्नरागमन गर्दै सुपर ८ मा पुग्ने दाउमा हुनेछ।

यो समूहमा भारत र पाकिस्तानलाई सुपर ८ का प्रमुख दाबेदारका रुपमा हेरिएको छ। तर पहिलो खेलको अनपेक्षित नतिजाले पाकिस्तान निराश छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *