नेदरल्यान्ड्सद्वारा दक्षिण अफ्रिकासामु १ सय ४ रनको लक्ष्य प्रस्तुत

टी–२० विश्वकपमा समूह डी अन्तर्गतको खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकासामु जितका लागि १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३ रन बनाएको हो।

नेदरल्यान्ड्सका लागि साइब्रान्ड एन्जरबर्चटले सर्वाधिक ४० रन बनाए । उनले ४५ बलमा २ चौका र एक छक्का प्रहार गरे। लोगन भान विकले २३ रनको योगदान दिए।

विक्रमजित सिंहले १७ बलमा १२ रन तथा कप्तान स्कट एडवार्डले ९ बलमा १० रन जोडे।दक्षिण अफ्रिकाका लागि ओटनियर बार्टम्यानले ४ विकेट लिए भने मार्को यानसेन र एनरिच नोर्टजेले २–२ विकेट हात पारे ।

दुवै टोलीको यो दोस्रो खेल हो। यसअघि दुवै टोलीले आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराएका थिए।

सुपर ८ मा पुग्न दुवै टोलीलाई आजको जित महत्वपुर्ण हुन्छ। यसअघि नेदरल्याण्ड्सले नेपाललाई र दक्षिण अफ्रिकाले श्रीलंकालाई पराजित गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *