भारतीय प्रधानमन्त्री मोदीले लिए शपथ
मकालु खबर
२०८१ जेठ २७ गते
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
गत शुक्रबार आगामी कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएकाहुन्। उनले आइतबार राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष शपथ लिएका हुन् ।
शपथ समारोहमा नेपालसहित विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई पनि निमन्त्रणा गरिएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि शपथ समारोहमा सहभागी भएका छन् ।
मोदीसँगै उनको मन्त्रिपरिषदका सदस्यहरुले पनि शपथ लिएका छन् ।
मकालु खबर
२०८१ जेठ २७ गते
प्रतिक्रिया
सम्बन्धित