साउथ अफ्रिकाले दियो बंगलादेशलाई ११४ रनको लक्ष्य

टि २० विश्वकप  क्रिकेटमा नेपाल रहेको समूहका साउथ अफ्रिका र बंगलादेश भिडिरहेका छन्। पहिले ब्याटिङ गरेको साउथ अफ्रिाकाले बंगलादेशलाई ११४ रनको लक्ष्य दिएको छ।

साउथ अफ्रिकाका ३ ब्याटरले मात्रै दोहोरो अंकमा रन बनाउन सके।

हेइरिच क्लासिनले ४६ रन बनाउँदा डेभिड मिल्लरले २९ तथा क्वजीन्टन डिककले १८ रन बनाउनु बाहेक अन्यले १० रन पनि बनाउन सकेनन्। २ ब्याटर शून्य रनमै आउट भए।

बंगलादेशका तान्जिम हसन सकबले ३ विकेट लिँदा तास्क्नि अहमदले २ तथा रिसव होसिनले एक विकेट लिए।

बंगलादेशले अहिले ब्याटिङ गरिरहेको छ। नेपाल पनि यही समूहमा छ। पहिलो खेलमा नेदरल्याण्ड्ससँग  पराजित भएको नेपाल बाँकी तीन खेल खेल्न छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *