दक्षिण अफ्रिकाको लगातार तेस्रो जित, बंगलादेश ४ रनले पराजित

काठमाडौं । बंगलादेशलाई रोमान्चक ढंगले पराजित गर्दै दक्षिण अफ्रीकाले आइसीसी टि-२० विश्वकपमा लगातार तेस्रो जित दर्ता गरेको छ । दक्षिण अफ्रिकाले बंगलादेश माथि ४ रनको जित दर्ता गरेको हो ।

अन्तिम बलसम्म पुगेको खेलमा दक्षिण अफ्रिकाले दिएको ११४ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले ७ विकेटको क्षतिमा १०९ रन मात्र बनाउन सक्यो ।

जित पछि समूह ‘डी’ मा दक्षिण अफ्रिकाको ३ खेलमा ६ अंक भएको छ । बंगलादेश र नेदरल्यान्ड्सको समान २-२ खेलमा समान २-२ अंक रहेको छ भने नेपाल र श्रीलंका अंकविहिन छन् । नेपालले १ खेल खेलेको छ भने श्रीलंकाले २ खेल खेलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *