टर्कीद्वारा गुगललाई लगभग १५ मिलियन अमेरिकी डलर जरिवाना
मकालु खबर
२०८१ जेठ २९ गते
एजेन्सी । टर्कीको प्रतिस्पर्धा बोर्डले होटेल खोज क्वेरीसँग सम्बन्धित आदेशको पालना नगरेकोमा अमेरिकी टेक दिग्गज गुगललाई ४८२ मिलियन लिरा (लगभग १५ मिलियन अमेरिकी डलर) जरिवाना गरेको छ ।
नियामक निकायले होटेल खोजीका लागि सुझाव दिइएका सावधानीका उपायहरू नअपनाएको भन्दै कारबाही गरेको बताएको छ ।
बोर्डले मार्चमा गुगलमा अनुसन्धान सुरु गरेको अप्रिलको मध्यदेखि सुरु हुने आदेशको पालना नगरेसम्म यसको २०२३ राजश्वको ०.०५ प्रतिशत दैनिक जरिवाना लगाएको बताएको छ ।
यसले यसअघि सामाजिक मिडिया मेटा विरुद्ध अन्तरिम आदेश जारी गरेको थियो ।
मकालु खबर
२०८१ जेठ २९ गते
प्रतिक्रिया
सम्बन्धित