क्यानडाले दियाे पाकिस्तानलाई १०७ रनकाे लक्ष्य, जोन्सनको अर्धशतक
मकालु खबर
२०८१ जेठ २९ गते
आरोन जोन्सनको अर्धशतकसँगै क्यानडाले आइसिसी ट्वान्टी-२० विश्वकपमा पाकिस्तानलाई १०७ लक्ष्य दिएको छ।
नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, न्युयोर्कमा टस हारेर पहिला ब्याटिङ थालेको क्यानडाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०६ रन बनाएको हो।
क्यानडाका जोन्सनले सर्वाधिक ५२ रन बनाए। ४४ बल खेलेका उनले चार चौका र चार छक्का प्रहार गरे। कप्तान साद बिन जफर १० रनमा आउट हुँदा कलिम सना १३ र डिलन हेलिगर नौ रनमा अविजित रहे। अन्यले दाेहाेराे स्काेर बनाउन सकेनन्।
पाकिस्तानका मोहम्मद आमिर र हारिस रउफले समान दुई विकेट लिए। शाहीन शाह अफ्रिदी र नसीम शाहको नाममा एक/एक विकेट रह्यो।
पाकिस्तानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। पाकिस्तान यसअघि अमेरिका र भारतसँग पराजित भएकाे छ। आजकाे खेलमा पराजित भए समूह चरणबाटै बाहिरिने छ।
मकालु खबर
२०८१ जेठ २९ गते
प्रतिक्रिया
सम्बन्धित