दक्षिण अफ्रिका बन्यो ‘सुपर-८’ मा पुग्ने पहिलो टोली

काठमाडौं । नवौँ संस्करणको आइसिसी टी-२० विश्वकपको समूह ‘डी’ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । वर्षाका कारण मैदान भिजेका कारण यी दुई टिमबीचको खेल रद्द भएको हो ।

खेल नेपाली समयअनुसार बिहान ५ः१५ देखि सुरु हुने पूर्वनिर्धारित तालिका थियो तर, फेरि पानी पर्न थालेपछि टस नहुँदै खेल रद्द भएको हो । योसँगै दुवै टिमले एक-एक अंक बाँडे ।

खेल रद्द भएपछि सन् २०१४ को विश्वकप विजेता श्रीलंकाको सुपर एट सम्भावना सकिएको छ । श्रीलंका पहिलो र दोस्रो खेलमा क्रमशः दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भयो । श्रीलंकाले अन्तिम खेलमा नेदरल्याण्ड्ससँग खेल्ने तालिका छ । नेदरल्याण्ड्ससँगको खेलमा जित निकाले पनि सुपर एटमा पुग्ने छैन ।

दोस्रो चरणमा पुग्ने नेपालको सम्भावना भने कायमै छ । नेपालले अब सुपर एटमा स्थान बनाउन बाँकी दुईवटै खेलमा जित निकाल्नुपर्नेछ । यसले मात्र पनि नेपाललाई पर्याप्त हुने छैन । नेदरल्याण्ड्स एउटा खेल हार्नुपर्नेछ । नेपाल अहिले एक अंकका साथ समूह ‘डी’ तालिकाको चौथो स्थानमा छ । नेपालले अब १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ ।

दक्षिण अफ्रिका सुपर एट’मा
दक्षिण अफ्रिका सुपर एट’मा पुग्ने पहिलो राष्ट्र बनेको छ । नेपाल र श्रीलङ्काबिचको खेल वर्षाका कारण रद्द भएसँगै दक्षिण अफ्रिका सुपर एट’चरणमा प्रवेश गरेको हो । समूहगत चरणको अन्तिम खेल खेल्नुअघि नै दक्षिण अफ्रिका अघिल्लो चरणमा पुगेको हो ।

समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिकाले आफूले खेलेको अघिल्ला तीनवटै खेलमा जित हात पारेको छ । दक्षिण अफ्रिका ६ अङ्कसहित तालिकाको पहिलो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *