वर्षाले खाँदबारी-नुम सडकमा क्षति
मकालु खबर
२०८१ जेठ ३० गते
खाँदबारी । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-नुम खण्डको ठूलोढुङ्गा अरुणथान चार किलोमिटर क्षेत्रमा वर्षाले क्षति भएको छ ।
यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले बताए । कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का खण्डको ठूलो ढुङ्गा-पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ ।
वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए । वर्षाले पिच गर्न तयार गरिएको सडक बगाउँदा करिब रु एक करोडको क्षति भएको उनको भनाई छ ।
मकालु खबर
२०८१ जेठ ३० गते
प्रतिक्रिया
सम्बन्धित