समर्थकलाई धन्यवाद दिँदै रोहितले भने- ‘तपाईंहरुको ऊर्जा र समर्थन हाम्रो लागि संसार हो’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नेपाली क्रिकेट समर्थकलाई धन्यवाद दिएका छन् । वर्षाका कारण नेपाल र श्रीलंकाको खेल रद्द भएपछि पौडेलले सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेट समर्थकहरुलाई धन्यवाद दिएका हुन् ।

उनले लेखेका छन्, ‘हाम्रा समर्थकहरूलाई धन्यवाद जसले आज र डलासमा ठूलो संख्यामा हामीलाई समर्थन गर्न आउनु भयो । तपाईंहरुको ऊर्जा र समर्थन हाम्रो लागि संसार हो । पहिलो खेल हाम्रो पक्षमा गएन । हामी तपाईंको उत्साहको साथ अगाडि बढिरहेका छौं ।’

नेपालले अब १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ । दुवै खेल वेस्ट इन्डिजमा हुनेछन् । जुन खेलमा सन्दीप लामिछाने पनि उपलब्ध हुनेछन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *