अन्तिम खेल अघि नै सुपर ८ मा पुग्न आज राति भारत र अमेरिकाको निर्णायक भिडन्त

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज राति समूह ‘ए’ का अमेरिका र भारत खेल्दैछन्। न्युयोर्कमा राति सवा ८ बजे शुरु हुने खेलेको विजेता अन्तिम खेल अघि नै सुपर ८ मा पुग्ने छ।

भारत २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा रहँदा अमेरिकाले पनि दुबै खेल जित हासिल गरेर सम्मान ४ अङ्क जोडेको छ। नेट रन रेटका आधारमा अमेरिका दोस्रो स्थानमा छ।

भारतले पहिलो खेलमा आयरल्यान्ड र दोस्रो खेलमा पाकिस्तानलाई हराएको थियो। अमेरिकाले पहिलो खेलमा क्यानडा र दोस्रो खेलमा पाकिस्तानलाई हराएको थियो।

अमेरिका र भारतले एकअर्कासँग अहिलेसम्म कुनै पनि फम्र्याटको क्रिकेट खेलेका छैनन्। आजको खेल यी दुई टोलीबीचको पहिलो भेट हुनेछ।

विश्वकपमा भने पहिलो पटक सहभागी भएको अमेरिकाले पहिलो सहभागीतामा नै ठूला टोलिलाई हराउँदै चमत्त्कार गरिरहेको छ। अमेरिकाको लगातार दुई जितले पाकिस्तानको सुपर ८ पुग्ने सम्भावना गणितीय रुपमा सिमित हुन पुगेको छ।

टी–२० विश्वकपमा अहिलेसम्म समूह ‘बी’ बाट अस्ट्रेलिया र नेपाल रहेको समूह ‘डी’ बाट दक्षिण अफ्रिका सुपर ८ मा पुगेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *