कुवेतको श्रमिक क्याम्पमा भएको आगलागीमा तीन नेपाली घाइते

कुवेतको महंगाफस्थित श्रमिक क्याम्पमा आगलागी हुँदा तीन जना नेपाली घाइते भएका छन्।  सो क्याम्पमा पाँच जना नेपाली रहेकोमा तीन जना सामान्य घाइते भएका र दुई जना सुरक्षित रहेका कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले घाइते भएका नेपाली श्रमिकको विषयमा जानकारी लिएका छन्। नेपाली दूतावासमा सम्पर्क गरी मन्त्री अर्यालले क्याम्पमा रहेका नेपाली श्रमिकको विषयमा जानकारी लिएका हुन्।

बुधबार विहान कुवेतमा आप्रवसाी श्रमिकहरु बस्ने क्याम्पमा आगलागी भएको थियो। आगलागीबाट सामान्य घाइते भएका शिवशंकर पासवान र दोर्जे लामाको अदान अस्पतालमा उपचार भै रहेको छ।

उपचारत पासवान र लामाको स्वास्थ्य अवस्थाको बारेमा अस्पतालमा नै पुगेर दूतावासले जानकारी लिएको छ। दिनेश कुमार मण्डलको भने फरवानिया अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज भैसकेको दूतावासले जनाएको छ।

त्यस्तै, जाकिर नाडाफ र सन्तोष कुमार गोइत भने सुरक्षित रहेको कम्पनीले जानकारी दिएको दूतावासको भनाई छ। आगलागीको घटनामा परेर हालसम्म ४९ जनाको मृत्यु भइसकेको छ।

उक्त आवासगृहमा रहेका मानिसहरूमा प्रायः सबैजसो आप्रवासी कामदार थिए। आगलागीको कारण के थियो भन्नेबारे आधिकारिक जानकारी भने सार्वजनिक भएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *