वर्तमान निर्वाचन प्रणालीमा सुधार आवश्यक : शेखर कोइराला

जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन् ।

उनले भने,“नेपालको सन्दर्भमा विद्यमान समानुपातिक निर्वाचन प्रणालीमाथि पुनरावलोकन गर्ने बेला आएको छ ।”

मधेस प्रदेशस्तरीय संविधान कार्यान्वयन सन्र्दभमा नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन आज यहाँ आयोजित स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा कोइरालाले अब प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने आवश्यकता रहेको कताए ।

पटक–पटक सङ्घीय तथा प्रदेश सरकारमा हुने परिवर्तनले मुलुकमा राजनीतिक अस्थिरता बढ्दै जाँदा अनियमितता र भ्रष्टाचार मौलाइरहेको उनले तर्क छ ।

नेता कोइरालाले स्थानीय पालिकालाई राज्यले अधिकार सम्पन्न गराए पनि त्यसको संरचना तथा कार्यशैली पुरानै रहेकाले यसको संरचनामा सुधार आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *