गण्डकीमा ह्विप उल्लङ्घन गरेका आफ्नै सांसदलाई एमालेले सोध्यो स्पष्टीकरण

गण्डकीमा नेकपा एमालेका सांसद गणेशमान गुरुङलाई आफ्नै पार्टीले स्पष्टीकरण सोधेको छ । शुक्रबार नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी भएर निर्णयार्थ प्रस्तुत गर्ने बेलामा उनी अनुपस्थित भएका थिए।

शनिबार उनलाई एमाले संसदीय दलले स्पष्टीकरण सोधेको छ । एमालेले शुक्रबार नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने बेला विपक्षमा रहन ह्विप जारी गरेको थियो।

गुरुङले उक्त ह्विप कार्यान्वयन नगरेको एमालेले जनाएको छ । तीन दिनभित्र विधिसम्मत रूपमा जवाफ पठाउन भनिएको छ ।

प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले आन्तरिक प्रक्रिया अनुसार गएको बताए । ‘आन्तरिक प्रक्रिया हो,’ उनले भने, ‘सबै कुरा स्पष्टीकरण पत्रमा छ । त्यसबारे सम्बन्धित माननीय ज्यू नै जिम्मेवार हुनुहुन्छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *