सेवा– झोर्ले सार्वजनिक (भिडिओसहित)
काठमाडौँ । ‘सेवा–झोर्ले’ म्युजिक भिडिओ सार्वजनिक भएको छ । शनिबार पदम साधना कुलुङ र विजय मगरको शब्द रहेको ‘सेवा–झोर्ले’ म्युजिक भिडिओ सार्वजनिक भएको हो ।
गीत फरक तवरले बनाउने कोसिस गरेको निर्माण टोलीले बताएको छ । त्यसो त गीतले राई र मगर समुदायलाई जोड्न खोजेको देखिन्छ ।
पदम राई र सङ्गीता मस्राङ्गी मगरले गाएको गीतमा एरेञ्जरमिक्सिङ र मास्टरिङको काम देवेश राईले गरेका छन् भने सङ्गीत र सङ्कलन विजय मगरले नै गरेका हुन् ।
गीत माहोल स्टूडिओमा रेकर्डिङ्ग गरिएको हो ।
गीतको भिडिओमा याङसाङ मुकारुङ, पुनम थापामागर, समीन गुरुङ र रेश्मा खजुम मुख्य रूपमा फिचर्ड छन् ।
भिडिओ निर्देशनको काम विजय मगरले नै गरेका हुन् भने दिनेश माङ्मुको कोरियोग्राफी छ । यस्तै इडिटरकलरिङको काम अर्जुन खड्काले गरेका छन् । पोस्ड प्रोडक्सन दामी क्रिएसनले गरेको हो ।
उक्त गीतमा राई समुदायको साकेला र मगर समुदायको हुर्रा भाकामार्फत राई समुदायको ‘ग्रिटिङ्ग्स वर्’ सेवा र मगर समुदायको झोर्लेलाई एकैठाउँ अटाइएको छ ।
हेर्नुहोस् भिडिओ :