बंगलादेशविरुद्ध नेपालको खराब सुरुवात, कप्तान पनि आउट

काठमाडौं । नवौँ संस्करणको आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले खराब सुरुवात गरेको छ ।

नेपालले तेस्रो विकेटकाे रूपमा रोहित पौडेल १ रन बनाएर आउट भएका हुन् ।

कुशल भुर्तेल चार रनमा बोल्ड भए । त्यही ओभरको तेस्रो बलमा ठूलो सर्ट हिर्काउनेक्रममा अनिलकुमार साह शून्यमै आउट भए । उनीहरूलाई तन्जिम हसन साकिबले पवेलिएन फर्काएका हुन् ।

नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ । समूह ‘डी’ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै सुपर–८ दौडबाट बाहिरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *