AION Y को अफर : ५ लाख ८५ हजारको डाउनपेमेन्टमा गाडी उपलब्ध
काठमाडौँ । GAC मोटर्सका अधिकृत बिक्रेता CG मोटर्सले AION Y को खरिदमा ग्राहकहरूलाई सुपथ मूल्य र सुविधा प्रदान गर्न अविश्वसनीय अफरको घोषणा गरेको छ ।
कम्पनीका अनुसार हालै नेपालमा विक्री वितरण सुरु भएको Aion Y अब केवल ५.८५ लाखको न्यूनतम डाउन पेमेन्टमा उपलब्ध गराईएको छ, जसले यस एस.यू.भी. लाई निकै पहुँचयोग्य बनाएको छ । यस बाहेक, ग्राहकहरूले आफ्नो पुरानो सवारी साधनमा २ लाखसम्म टप–अपबाट प्राप्त गर्दै निश्चित एक्सचेन्ज फाइदा लिन सक्नेछन् ।
साथै, Aion Y को खरिदमा थप २ लाखसम्मको नगद छुटको पनि सुविधा रहेको कम्पनीले जनाएको छ ।
यस अफरमा १ वर्षको बीमा र पहिलो १ वर्षको सडक करको भुक्तानी जस्ता निःशुल्क सुविधाहरू पनि समावेश छन्, जसले ग्राहकहरूलाई यस आधुनिक एस.यू.भी. ले दिने सहजता र सुलभतालाई थप बढावा दिएको कम्पनीले जनाएको छ ।
कम्पनीले Aion Y दुई चार्जरहरू— घरायसी प्रायोजनका लागि ७ kW चार्जर र २ kW ट्राभल चार्जर—सहित उपलब्न्ध गराइने बताएको छ । यसले गर्दा घरमा होस् वा लामो यात्रा गर्दा, चार्जिङको समस्या भने हुदैन् ।
यो पूर्व–बजेट मूल्यमा सीमित समयको लागि उपलब्ध रहेको छ । यस अफरले ग्राहकहरूलाई उच्च गुणस्तरको, भरपर्दो Aion Y अपराजेय मूल्यमा प्राप्त गर्ने उत्कृष्ट अवसर प्रदान गरेको कम्पनीले दाबी गरेको छ ।