‘पुष्पा २’को नयाँ रिलिज मिति घोषणा

काठमाडौं । प्रतीक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा २-द रूल’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दनाको प्रदर्शनमा यो फिल्म बनाइएको हो ।

१५ अगस्ट २०२४ (साउन ३१) मा रिलिज हुने भनिएको ‘पुष्पा २-द रूल’ फिल्म चार महिना पछाडि सारिएको छ । फिल्मको रिलिजबारे चर्चा भइरहँदा निर्माण टिमले नयाँ प्रदर्शन मितिबारे एक पोस्टर सार्वजनिक गर्दै पोस्टपोन्ड भएको जानकारी दिएको हो ।

उक्त पोस्टर मार्फत यो फिल्म ६ डिसेम्बर (मंसिर २१) मा प्रदर्शन हुने भएको छ । प्रोडक्सनको केही काम बाँकी रहेको कारण यो फिल्म सारिएको कारण खुलेको छ ।  यो फिल्मको लेखन एवं निर्देशन सुकुमार सुकुमार बान्द्रेडीको रहेका छन् ।

यो फिल्ममा अल्लु र रश्मिकाका साथमा फहद फासिल, धनुञ्जय, राव रमेश, सुनिल, अनसूया भारद्वाज र अजय घोषको अभिनय छ । फिल्मको निर्माता नवीन येर्नेनी र रविशंकर यलमाञ्चिली हुन् । यसभन्दा अगाडि सन् २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पाः द राइज’को सिक्वेल हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *