पानी पर्दा पनि घटेन काठमाडौंको गर्मी (तस्बिरहरु)

काठमाडौं । नेपालमा मनसुन सक्रिय नहुँदा गर्मी घट्न सकेको छैन । पछिल्ला केही दिन काठमाडौँसहित देशभर तापक्रम बढेको बढ्यै छ ।

काठमाडौं उपत्यकासहित देशभर गर्मीले जनजिवन प्रभावित भइरहेको छ । काठमाडौंमा हिजो रातदेखि बिहानसम्म पानी पर्दा पनि गर्मी घट्न सकेको छैन ।

असार ६ गतेसम्म गर्मीको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले यसको असरबाट बच्न आवश्यक तयारी गरी सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले मनसुन सक्रिय नहुँदा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा अत्यधिक गर्मीको सम्भावना रहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *