एनसेलको ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सार्वजनिक

काठमाडौँ । एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले आफूलाई मनपर्ने नम्बरलाई आफ्नै मोबाइल नम्बर बनाउन सक्नेछन् ।

उक्त विशेष नम्बरले प्रयोगकर्तालाई दूरसञ्चार सेवामा पहुँचमात्र नदिई उनीहरूको जीवनको कुनै महत्वपूर्ण दिन वा मिठो सम्झनाको प्रतिविम्ब पनि बन्ने कम्पनीले जनाएको छ । ग्राहकहरूको यही इच्छालाई परिपूर्ति गर्न एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना ल्याएको हो ।

कम्पनीका अनुसार प्रयोगकर्ताहरूले आफूलाई मनपर्ने अन्तिमको ६ वटा अंक रोजेर आफ्नो मोबाइल नम्बर आफै बनाउन सक्नेछन् । चाहे त्यो जन्मदिन, आफ्नो सहयात्रीलाई पहिलो पटक भेटेको दिन, सवारी साधनको नम्बर वा अन्य कुनै महत्वपूर्ण मितिलाई प्रयोगकर्ताहरूले सधैँको लागि आफ्नै मोबाइल नम्बरमा परिणत गरि सधैँ अन रहन सक्नेछन् ।

आफ्नो सम्बन्धहरूलाई अझै प्रगाढ बनाउँदै आफ्ना प्रियजनहरूलाई पनि त्यस्ता विशेष नम्बरहरू उपहार दिन सक्ने कम्पनीले बताएको छ ।

यस योजनाको मोबाइल नम्बर ९७०५ नम्बर रेन्जबाट सुरु हुन्छ । विशेष सधैँ अन नम्बर प्राप्त गर्न चाहने ग्राहकहरूले अन्तिम ६ अंक आफै रोजेर आफ्नो विशिष्ट मोबाइल नम्बर बनाउन सक्नेछन् । ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरि आफूले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अंक उपलब्ध भए नभएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ गर्न सक्नेछन् ।

‘मोबाइल नम्बर हाम्रो पहिचान बनी सकेको छ,’ एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले भने । ‘आफूलाई जीवरभर यादगार रहने नम्बरका आधारमा आफ्नै मोबाइल नम्बर रोज्न सकिने यो विशेष योजना सञ्चालनमा ल्याउन पाउँदा हामी एकदमै खुसी छौं । ग्राहकले आफूलाई मात्र नभई आफ्नो नम्बरसँग मिल्नेगरि परिवारजन र साथीभाइलाई पनि यस्तो नम्बर रोजिदिन सक्छन् । यो एक सेवा मात्र नभई सम्बन्धहरूलाई थप प्रगाढ बनाउने माध्यम पनि हो ।’

यस योजना अन्तर्गत, ९७०५ रेन्जबाट मोबाइल नम्बर छनोट गर्नको लागि ९ लाख बढी मोबाइल नम्बरहरू उपलब्ध रहेका छन् । एनसेलले फस्ट कम, फस्ट सर्भ बेसिसमा उपलब्ध नम्बरहरू वितरण गर्नेछ । यो सिम एनसेलले हाल सञ्चालन गरिरहेको ‘सधैँ अन’ प्लान अन्तर्गत रु ५९९ देखि रु १,४९९ सम्मको प्लानमा बन्डल सेवाका रुपमा उपलब्ध गराउने जनाएको छ ।

सधैँ अन योजनाका प्लानहरू अन्तर्गत ग्राहकहरूले भ्वाइस, डेटा, निःशुल्क सामाजिक सञ्जाल डेटा र एसएमएस सेवा पाउन सक्नेछन् । ८१२३३ डायल गरेर ‘सधैँ अन’ प्लानहरू सुचारु गर्न सक्ने एनसेलले जनाएको छ ।

बुकिङ गरिएको सिम ग्राहकले देशभर फैलिएका एनसेलका ३२ वटा एनसेल सेन्टरहरू मध्ये कुनै पनि सेन्टरमा गई लिन सक्नेछन् । काठमाडौं उपत्यकाको हकमा उपाय कार्गो सेवामार्फत होम डेलिभरी गराएर पनि यो सिम लिन सकिनेछ । बुकिङ गराएको नम्बर ७ दिन भित्र नलिएको खण्डमा सो नम्बर बुकिङको सूचिबाट स्वतः हट्ने र सो नम्बर अरु ग्राहकले पनि लिन सक्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *