कराते खेलाडी एरिकासँग शिरिष फाउण्डेसनको एक वर्षे सम्झौता

काठमाडौँ । चीनको हान्चाउमा सम्पन्न १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ र शिरिष फाउण्डेसनबीच सम्झौता भएको छ ।

मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच फाउण्डेसनले एरिकासँग एक वर्षका लागि सम्झौता गरेको हो ।

फाउण्डेसनका अध्यक्ष शिरिष गुरुङ र एरिकाले सम्झौता पत्रमा हस्ताक्षर गरिन् । सम्झौतासँगै एरिकाले एक वर्षसम्म मासिक १५ हजार रुपैयाँ, खेल सामग्री र प्रदर्शनको आधारमा थप प्रोत्साहन पुरस्कार प्राप्त गर्नेछिन् ।

पौडीको एक सफल खेलाडीका रुपमा रहेका शिरीष गुरुङको नाममा उक्त फाउन्डेसन सन् २०१७ मा स्थापना भएको हो । एरिका फाउन्डेसनसँग जोडिने तेस्रो खेलाडी हुन् । यसअघि फाउण्डेसनले बक्सिङकी सुष्मा तामाङ र उसुकी निमा घर्तीमगरसँग सम्झौता गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *