नक्कली लाइसेन्स प्रकरणमा १६ जनाले पाए सफाइ

सर्वोच्च अदालतले नक्कली सवारी चालक अनुमति पत्र बनाएर भ्रष्टाचार गरेको अभियोग लागेका १६ जनालाई सफाइ दिएको छ ।

कम्प्युटर प्रणालीको दुरुपयोग गरी सवारी चालक अनुमति पत्र जारी गरेको अभियोगमा भ्रष्टाचार मुद्दा खेपिरहेका यातायातका कर्मचारीसहित १६ जनालाई सर्वोच्चले सफाइ दिएको हो ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले सवारी चालक अनुमति पत्र कार्यालय बागमतीका तत्कालीन निमित्त प्रमुख रामदत्त भट्टसहित सबै अभियुक्तले सफाइ पाउने फैसला सुनाएको छ ।

उनीहरूलाई विशेष अदालतले पनि सफाइ दिएको थियो । सर्वोच्चले विशेषको निर्णय सदर गरेको हो ।

विशेष अदालतले सबैलाई सफाइ दिएपछि उक्त फैसलामा चित्त नबुझाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च पुगेको थियो । सर्वोच्चले पनि सफाइ दिएपछि यातायातका कर्मचारी पुन जागिरमा फर्कन पाउने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *