विश्व किर्तिमानपछि समर्थकसँग खुसी साट्दै सन्दीप भन्छन्–म अझ धेरै उपलब्धि बाँड्न चाहन्छु

नेपालले समूहको अन्तिम खेलमा सोमबार बंगलादेशसँग खेलेसँगै यो विश्वकपको यात्रा टुंगिएको छ।

तर यो खेलमा नेपालका पूर्वकप्तान समेत रहेका सन्दीप लामिछानेले भने विश्वकिर्तिमान बनाएका छन्। उनले बंगलादेशको दुई विकेट लिँदा सबैभन्दा कम खेलमा सय विकेट लिने विश्वकै दोस्रो खेलाडी बने।

उनले ५४ खेलमा सय विकेट लिएका हुन्। उनीभन्दा अगाडी अफगानिस्तानका रसिद खान छन्। उनले एक खेल पहिले ५३ खेलमा सय विकेट लिएका छन्।

यो उपलब्धिपछि सन्दीपले आफ्ना समर्थकप्रति आभार व्यक्त गरेका छन्।

‘यो यात्रामा अटल समर्थन र प्रोत्साहनको लागि धेरै आभारी छु। हरेक आशिष थप जिम्मेवारी जस्तो लाग्छ। यो यात्रामा तपानईंहरुको सहयोग, ठूलो दृढता र बलको स्रोत भएको छ। म अझै धेरै उपलब्धिहरु र आनन्दका क्षणहरु बाँड्न तत्पर छु’, सन्दीपले लेखेका छन्।

लामो समय मुद्दा खेपेर सफाई पाएपछि मैदान फर्किएका सन्दीपले आफ्नो अधुरो एक सपना यो विश्वकपमा पूरा गरेका छन्। तर उनले अझै धेरै अगाडी बढ्न चाहेको कुरा उल्लेख गरेका छन्।

विश्वकपमा सन्दीपले दुई खेल खेले । उनी फर्किएपछि नेपालको फिल्डिङमा सुधार देखियो भने ठूलो टोलीलाई नेपालले कडा चुनौती दियो।

दक्षिण अफ्रिकालाई ११५ रनमा रोकेको नेपालले अन्तिम खेलमा बंगलादेशलाई १०६ रनमै अलआउट गरेको यिथो। तर ब्याटिङ लाइन नचल्दा दुवै खेलमा नेपाल पराजित हुन पुग्यो। सन्दीपले भने ब्याटिङको मौका पाएनन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *