जनकपुर गुठीको जग्गा स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार, ठेकेदारहरू मिलेर लुटे : मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुर गुठीको जग्गा स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार, ठेकेदारहरू मिलेर लुटिरहेको बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद झाले यस्तो बताएका हुन् । उनले किश्वरदास र चतुर्भुज गिरीले जनकपुरको निर्माण प्रक्रिया सुरु गरी मकवानपुरको राजपरिवारबाट इन्द्रविधता सेनको तर्फबाट १४ सय विघा जग्गा दान दिएर जनकपुरमा २ कुटी र ७२ कुण्ड सहरको रुपमा निर्माण भएको बताए । उनले तर अहिले आएर जनकपुरका सबै गुठी र कुटी तथा ५२ कुण्ड ४० कुण्डमा झरेको बताए ।

उनले भने ‘किश्वरदास र चतुर्भुज गिरीले जनकपुरको निर्माण प्रक्रिया सुरु गर्नुभयो । मकवानपुरको राजपरिवारबाट इन्द्रविधता सेनको तर्फबाट १४ सय विघा जग्गा दान भयो । त्यसले जनकपुरमा २ कुटी र ७२ कुण्ड सहरको रुपमा निर्माण भयो । तर अहिले आएर जनकपुरका सबै गुठी र कुटी तथा ५२ कुण्ड ४० कुण्डमा झरी सक्यो । सबै स्थानीय प्रशासन जनप्रतिनिधि, पत्रकार, ठेकेदारहरू मिलेर त्यहाँका जग्गाको लुट गर्दैछन् । त्यसमा सबै सरोकार साझेदारहरूको ध्यानाकर्षण गराउँदै जिम्मेवार हुन आग्रह गर्दछु ।’

उनले जनकपुर गुठीको जग्गामा सबै स्थानीय प्रशासन जनप्रतिनिधि, पत्रकार, ठेकेदारहरू मिलेर त्यहाँका जग्गाको लुट गरिरहेको भन्दै यसमा सरकारको ध्यान जना आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *