संसदीय छानबिन विशेष समिति कानुनी परामर्शमा

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानुनी परामर्श सुरु गरेको छ ।

बुधवार संसद भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग लगायतका पदाधिकारीहरूसँग छलफल गरेको हो । बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानुन आयोगका सचिवसहितका अधिकारीहरूसँग परामर्श गरेको बताए ।

उनले कानुनी अस्पष्टता, अधिकार क्षेत्रको बाँडफाँडसँग सम्बन्धित विषय लगायतका प्रश्नहरूमा छलफल भएको बताए । उनले नेपाल कानुन आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमलचन्द्र अर्याल र नेपाल कानुन आयोगका सहसचिव पाश्र्वत ढुंगानासँग छलफल भएको बताए ।

उनले भने ‘आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानुन आयोगका सचिवसहितका अधिकारीहरूसँग हामीले परामर्श र छलफल गरेका छौँ । यो हाम्रो कार्यादेशसँग सम्बन्धित विषयहरूमा कतिपय कानुनी अस्पष्टता, अधिकार क्षेत्रको बाँडफाँडसँग सम्बन्धित विषय लगायतका प्रश्नहरू पनि सँगसँगै थिए । ती सबै सन्दर्भमा संविधान, कानुन र हाम्रा अभ्यासहरूले गरेका प्रबन्धहरूका सन्दर्भमा स्पष्टता महसुस भयो र त्यसका निम्ति हामीले उहाँहरूलाई आमन्त्रण गरेका थियौँ । नेपाल कानुन आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमलचन्द्र अर्याल र नेपाल कानुन आयोगका सहसचिव पाश्र्वत ढुंगाना उहाँहरू हाम्रो आमन्त्रणमा आउनुभएको थियो । आजको बैठकमा आज उहाँहरूसँग भोलि छानबिनको क्रममा आइपर्ने विविध पक्षहरूका सन्दर्भमा कानुनी प्रबन्धहरू लगायतका विषयमा छलफल गरेका छौँ । समितिले उहाँहरूसँगको छलफलबाट लाभान्वित भएको महसुस गरेको छ । अर्को बैठक १० गते बस्नेछ ।

आन्तरिक प्रतिवेदनहरू सङ्कलनका काम जारी रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *