दीपेन्द्रसिंह ऐरी टी–२० वरीयताको छैटौँ स्थानमा, रोहितको ११ स्थान सुधार

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्व वरीयताको छैटौँ स्थानमा पुगेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र तीन स्थान सुधार गर्दै छैटौँ स्थानमा आइपुगेका हुन् ।

यसअघि उनी वरीयताको अलराउन्डरतर्फ ९ औँ स्थानमा थिए ।

यस पटकको वरीयतामा दीपेन्द्रले भारतका हार्दिक पाण्ड्या, इंग्ल्यान्डका लाइम लिभिङस्टोन र इंग्ल्यान्डकै मोइन अलीलाई पछि पारेका छन् ।

नेपालकै कुशल मल्लको भने वरीयता एक स्थानले खस्किएको छ । यसअघि ३५औँ स्थानमा रहेका कुशल एक स्थान तल झर्दै ३६औँ स्थानमा छन् ।

यस्तै कप्तान रोहित पौडेलले एकैपटकमा ११ स्थान सुधार गरेका छन् । यसअघि ६६औँ स्थानमा रहेका रोहितले ११ स्थान सुधार गर्दै ५५ औँ स्थानमा आइपुगेका हुन् ।

गुल्सन झाको वरीयता ६ स्थान तल झर्दा कुशल भुर्तेल ४३ स्थान अगाडि आइपुगेका छन् । गुल्सन ६८ र भुर्तेल ७०औँ स्थानमा छन् ।

नेपालका करण केसीको पनि वरीयता खस्किएको छ । उनी ६ स्थान तल झर्दा ७५ औँ स्थानमा पुगेका छन् ।

विश्व वरीयतामा अस्ट्रेलियाका मार्कस स्टोनिसले पहिलो स्थान ओगटेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *