कुमारी बैंक र Pashupati Recreation Pvt. Ltd. बीच सम्झौता
काठमाडौँ । कुमारी बैंक लिमिटेड र Pashupati Recreation Pvt. Ltd.(OOPS) बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले OOPS मा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ्ग, रेसिङ्ग, जिपलाईन, क्लाइम्बिङ्ग लगायत इन्डोर र आउटडोर खेलहरू खेल्न कुमारी बैंकको डेबिट/ क्रेडिट कार्ड अथवा QR द्वारा रिर्चाज गर्दा १० प्रतिशत बोनस रिचार्ज प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यस सुविधाबाट ग्राहकहरूले सहज र गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अझ धेरै मनोरञ्जन प्राप्त गर्न सफल भई ग्राहक सन्तुष्टि बढाउन मद्दत गर्नेमा बैंक विश्वस्त रहेको जनाएको छ ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग इकाईहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।