ललितपुर महानगरवासीको लागि डेंगु भ्याक्सिनको व्यवस्था गर्ने घोषणा, मेलम्चीको विकल्प खोज्ने

काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरवासीको लागि डेंगु भ्याक्सिनको व्यवस्था गर्ने बताएका छन् ।

बुधवार ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक पछिको कुराकानीमा यस्तो बताएका हुन् । उनले ललितपुर महानगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, सम्पदा र वातावरणलाई राखेको बताए । उनले शिक्षामा नयाँ कार्यक्रमहरू समावेश गरिएको बताए । उनले स्वास्थ्यमा आमूल परिवर्तन गर्नेगरी काम गरिने बताए ।

उनले ललितपुर महानगरभित्रका सम्पदामा कसैले आँच नपुग्नेगरी काम गर्न पाइने नीति लिएको बताए । उनले वातावरणको क्षेत्रमा पनि कायापलट हुनेगरी काम गर्नेगरी नीति ल्याएको बताए । उनले ललितपुर महानगर क्षेत्रलाई हरियाली र पानीजन्य बगैँचाहरूको विकास गर्ने नीति लिएको बताए । उनले ललितपुर महानगरपालिकाले डेगुको भ्याक्सिन ल्याउने कोसिस गर्ने बताए ।

उनले ललितपुर महानगरपालिकाभित्र सडक सञ्चालनलाई थप व्यवस्थित बनाउने पक्की पुल र अपाङ्गमैत्री पुलहरू बनाउने योजना बनाउने नीति लिएको बताए । उनले चार लेन भएका सडकमा पुल पनि चार लेनको बनाउने नीति लिएको बताए । उनले खानेपानीको एउटै स्रोतमा निर्भर रह्यो भने जलवायु परिवर्तनको कारण पानीको मुहान सुक्दा पानी खान नपाउने अवस्था आउन सक्ने भएकाले मेलम्चीको विकल्प पनि खोज्ने पक्षमा महानगर रहेको बताए ।

उनले त्यसको लागि मकवानपुरको सिस्नेरी खोलाबाट दिनको १३ हजार लिटर पानी ल्याउने नसक्ने अध्ययनले देखाएको सिस्नेरी खोलाको पानी ल्याउन सरकारसँग पहल गर्ने बताए ।

उनले भने ‘ललितपुर महानगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,सम्पदा र वातावरणलाई राखेका छौं । शिक्षामा नयाँ कार्यक्रमहरू समावेश गरेका छौं । स्वास्थ्यमा आमूल परिवर्तन गर्ने गरी काम गरिरहेका छौं । सम्पदामा कसैले आच पुग्ने गरी काम गर्न पाइँदैन । वातावरणको क्षेत्रमा पनि कायपल्ट हुनेगरी काम गर्ने गरी नीति ल्याएका छौं । ललितपुर महानगर क्षेत्रलाई हरियाली र पानीजन्य बगौचाहरुको विकास गर्ने नीति लिएका छौं ।

ललितपुर महानगरपालिकाले डेगुको भ्याक्सिन ल्याउने कोसिस गरेका छौं । ललितपुर महानगरपालिकाभित्र सडक सञ्चालनलाई थप व्यवस्थित बनाउने पक्की पुल र अपाङ्गमैत्री पुलहरू बनाउने योजना बनाएका छौं । चार लेन भएका सडकमा पुल पनि चार लेनको बनाउने नीति लिएका छौं । खानेपानीको एउटै स्रोतमा निर्भर रह्यो भने जलवायु परिवर्तनको कारण पानीको मुहान सुक्यो भने पानी खान नपाउने अवस्था आउन सक्छ । मेलम्चीको विकल्प पनि खोज्नुपर्छ ।

त्यसको लागि मकवानपुरको सिस्नेरी खोलाबाट दिनको १३ हजार लिटर पानी ल्याउने नसक्ने अध्ययनले देखाएको छ । सिस्नेरी खोलाको पानी ल्याउनको निम्ति भइरहेको काम राम्रो छ ।’

महानगरले सुन्दर ललितपुर नगरीः घरघरमा नगर प्रहरी’ परिचालन गरी नगरवासीको गुनासो व्यवस्थापन गर्ने भएको छ । नीति तथा कार्यक्रममा २१ वटा सुविधा सहितको ‘एलएमसी अलर्ट एप्स’ सञ्चालनका गर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *