अमेरिकालाई दक्षिण अफ्रिकाले दियो १९५ रनको लक्ष्य

आईसीसी टि २० विश्वकप क्रिकेटमा अमेरिकालाई दक्षिण अफ्रिकाले १९५ रनको चुनौती पेश गरेको छ। अमेरिकाले टस जितेर फिल्डिङ रोजपछि ब्याटिङ गरेको अफ्रिकाले ४ विकेटको क्षमिा पूरै ओभर खेल्दै १९४ रन बनाएको हो।

साउथ अफ्रिकाका ओपनर क्विन्टन डिककले सर्वाधिक ७४ रन बनाए। उनले ४० बलमा सात चौका र पाँच छक्का प्रहार गरे। कप्तान आइडिन मार्करामले ४६ रनको योगदान गर्दा हेइनरिच क्लासेन ३६ रनमा नटआउट रहे।

ट्रिस्टान स्टुवासले २० रनको नटआउट पारि खेले। रिजा हेन्रिक्सले ११ रन बनाउँदा डेबिट मिलर शूनय रनमै पेबेलियन फर्किए।

अमेरिकाका शौरभ नेत्रभाल्कर र हर्मित सिंहले समान २/२ विकेट लिए।

अमेरिकाले जवाफी ब्याटिङ थालेको छ। दुवै टोलिले सपुर ८ को पहिलो खेल खेलिरहेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *