सुपर-८ को पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले हरायो

काठमाडौं । आईसीसी ट्वान्टी-२० विश्वकपअन्तर्गत सुपर-८ को पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई पराजित गरेको छ । बुधबार नर्थ साउन्डमा भएको खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले हराएको हो ।

जितका लागि १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रनमात्र बनाउन सक्यो । यसैगरी हर्मित सिंहले ३८ रन, स्टेभेन टेलरले २४ रन र कोरे एन्डर्सनले १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ कगिसो रबाडाले तीन विकेट लिए । यस्तै, केशव महाराज, एनरिक नोर्त्जे र तब्रेज शाम्सीले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९४ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका ओपनर डी ककले आक्रामक ब्याटिङ गर्दै ४० बलमा सात चौका र पाँच छक्कासहित ७४ रन बनाए । कप्तान आइदेन मार्करमले ४६ रन बनाए । हेनरिक क्लासेनले ३६, ट्रिस्टान स्टुब्सले २० र रिजा हेन्ड्रिक्सले ११ रन जोडे ।

अमेरिकाका सौरभ नेत्राभाल्कर र हर्मित सिंहले समान दुई विकेट लिए ।

प्रतियोगितामा अमेरिका समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै र दक्षिण अफ्रिका ‘डी’ को शीर्ष स्थानमा रहँदै सुपर-८ मा आएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *