विश्वकप खेलेर स्वदेश फर्कियो नेपाली टोली

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी टी-२० विश्वकप खेलेर स्वदेश फर्किएको छ । नेपाली टिम दुई विमानमा नेपाल फर्किएको हो, जसमध्ये पहिलो समूह आज बिहान १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

अर्को समूह आज बिहान १० बजे अवतरण हुने तालिका छ । जारी विश्वकपमा नेपालले समूह चरणबाटै बाहिरिएको थियो । चार खेलमध्ये तीनमा पराजय र एक खेलमा वर्षाका कारण अंक बाँड्यो । नेपालले जित हात पार्न नसके पनि टेस्ट टिम दक्षिण अफ्रिका र बंगलादेशसँग प्रतिस्पर्धात्मक खेल खेलेकोमा प्रशंसा भएको छ ।

नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भयो । श्रीलंककाविरुद्धको दोस्रो खेलमा वर्षाका बन्दा अंक बाँडेको नेपालले दक्षिण अफ्रिकासँग १ रन तथा बंगलादेशसँग २१ रनको हार बेहोर्‍यो ।

नेपाली टोली अब आइसिसी विश्वकप लिग-२ सिरिजमा केन्द्रित हुनेछ । नेपालले खेल्ने लिग-२ को आगामी सिरिज सेप्टेम्बर हुने तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *