भारतले अफगानिस्तानलाई ४७ रनले हरायो

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह १ को पहिलो खेलमा भारत विजयी भएको छ । बिहीबार राति बार्बाडोसस्थित केङ्सिङ्टनमा भएको खेलमा अफगानिस्ता ४७ रनले पराजित भएको हो ।

भारतले प्रस्तुत गरेको १८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३४ रनमात्र बनाउन सक्यो । अफगानिस्तानका अज्मतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन बनाए । नजिबुल्लाह जद्रानले १९, गुलबद्दिन नैबले १७, मोहम्मद नाबीले १२ र ओपनर रहमनुल्लाह गुर्बजले ११ रन थपे । नुर अहमेदले १२ रन थपे ।

अफगानिस्तानविरुद्ध भारतका जसप्रित बुमराहले तीन विकेट लिए । चार ओभर बलिङ गरेका बुमराहे एक मेडन फ्याक्दै सात रन खर्चिए । अर्शदीप सिंह र कुलदीप यादवले समान दुई विकेट हात पारे । हार्दीक पन्ड्या र अक्षर पटेलको नाममा समान दुई विकेट रह्यो ।

त्यअसघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८१ रनको योगफल खडा गरेको थियो । भारतका मध्यक्रम ब्याटर सूर्यकुमारले ५३ रन बनाएका थिए । उनले २८ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । ९०–५ को स्थितिबाट सूर्यले हार्दिक पन्ड्यासँग छैटौँ विकेटका लागि ६० रनको साझेदारी गर्दै भारतको इनिङ सम्हालेका थिए ।

पन्ड्याले २४ बलमा तीन चौका र दुई छक्कासहित ३२ रन बनाए । ओपनर विराट कोहलीले २४, ऋषव पन्तले २० र सिवम दुवेले १० रन थपे । अक्षर पटेलले १२ रन जोडे । अफगानिस्तानका फजलहक फारुकी र राशिद खानले समान तीन विकेट लिए । नविन उल हकको नाममा दुई विकेट रह्यो ।

प्रतियोगितामा भारत समूह ‘ए’ को शीर्ष स्थानमा र अफगानिस्तान समूह ‘सी’ को दोस्रो स्थानमा रहँदै सुपर–८ मा आएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *