मनसुन सक्रिय बन्दा गण्डकीमा भारी वर्षा, अन्य क्षेत्रको मौसम कस्तो ?

काठमाडौं । देशका केही भू-भागमा बिहानैदेखि वर्षा भइरहेको छ । मनसुन प्रणाली सक्रिय भएका स्थानका केही भू-भागमा वर्षा भइरहेको हो ।

गण्डकी प्रदेशको थोरै तथा कोसी, मधेस र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । कोसी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सफा छ ।

दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही, मधेस र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रहनेछ । लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका केही स्थान, कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । हाल मनसुन प्रणालीको प्रभाव कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेशका सबै भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा रहेको विभागको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *