गृहमन्त्री ज्यू अब ब्युँझिनुस्, जनता पहिरोले मर्दै छन् : लीला बोखिम (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसकी सांसद लीला बोखिमले ताप्लेजुङका बाढी पहिरो पीडितका लागि सरकारले रात र उद्धारमा ढिलाइ गरेको बताएकी छन् ।

विगत एक सातादेखि निरन्तर पानी पर्दा जिल्लाका विभिन्न ठाउँमा पहिरोले सयौँ घरपरिवार विस्थापित भएको बताउँदै उनले सरकारले उद्धारमा ढिलाइ गरेको बताएकी हुन् ।

मकालुखबरसंग कुराकानी गर्दै उनले पहिरो आएको एक साता बितिसक्दा पनि सरकारको प्रतिनिधित्व नपुगेकोमा आक्रोश व्यक्त गरिन् ।

उनले गृहमन्त्रीलाई ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नगरेको बता  इन् । उनले हेलिकप्टरबाट प्रभावितका लागि राहत दिने वातावरण बनाउनु पर्नेमा गृहमन्त्रीले वास्ता नगरेको बताइन् ।

‘अहिलेसम्म त्यहाँ सरकार पुगेको छैन, गृहमन्त्रीले म मिलाउँदै छु भन्नुभयो । तर अहिलेसम्म उहाँले केही पहल गर्नुभएन,’उनले भनिन,‘काठमाडौंबाट बाट हेलिकप्टर पठाउनु भएको की, विराटनगरबाट पठाउनु भयो ? मलाई थाहा छैन, म त्यस क्षेत्रको सांसद हुँ, मलाई जानकारी हुनु पर्‍यो । ’

उनले पहिरो पीडितलाई खाद्यान्नमा समेत समस्या भएको बताइन् । आलुको भरमा बसेका जनताहरू अब त्यो पनि नपाउने अवस्थामा पुगेको सुनाइन् । उनले छिटो भन्दा छिटो प्रभावितको राहत उद्धारका काममा जुट्न सरकारलाई आग्रह गरिन् ।

साथै उनले अहिलेको सरकारले ल्याएको बजेटले विकास र निकास दिन नसक्ने समेत ठोकुवा गरिन् । सरकारका मन्त्री र पार्टीका अध्यक्षहरूका जिल्ला र क्षेत्रमा मात्रै बजेट थुपारेको बताउँदै उनले यो बजेट नै पुनर्लेखन आवश्यक रहेको सुनाइन् ।

सुशासनको नारा दिएर हिँड्ने सरकारले बजेटमा नै छलकपट गरेको भन्दै यो बजेट पारित गर्न नहुने धारणा राखिन् ।

‘हामी मात्रै होइन, सरकारकै साथीहरू पनि यो बजेटको विरोध गरिरहेका छन् । यो बजेटले विकास र निकास दिन सक्दैन,’उनले भनिन्, ‘यस्तो बजेट पारित गर्नुहुँदैन, सरकारले पुनर्लेखन गर्नुपर्छ ।’

प्रस्तुत छ, ताप्लेजुङका बाढी पहिरो प्रभावित र समसामयिक विषयमा सांसद खोखिमसंग गरिएको कुराकानी :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *