अमेरिकामाथि वेष्ट इण्डिजको शानदार जीत

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेष्ट इण्डिजले अमेरिकालाई ९ विकेटले हराएको छ । अमेरिकाले दिएको १२९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले १०.५ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

उसका लागि साइ होपले ३९ बलमा ८ छक्का र ४ चौकाको मद्दतमा सर्वाधिक ८२ रनको योगदान गरे । अमेरिकाका लागि हरमीत सिंहले एक विकेट लिए ।

यसअघि ब्राइडटाउनमा टस हारेर पहिले ब्याटिङमा आएको अमेरिकाले १९.५ ओभरमा अलआउट हुँदै १ सय २८ रन जोडेको थियो । अमेरिकाका आन्द्रेस गौसले सर्वाधिक २९ रन बनाउँदा नितिश कुमारले २० रन जोडे । वेष्ट इण्डिजका आन्द्रे रसेल र रोस्टन चेसले ३–३ विकेट लिए भने अल्जारी जोसेफले २ र गुणाकेस मोतीले १ विकेट लिए ।

यो जितसँगै समूह २ मा रहेको वेष्ट इण्डिजले २ खेलबाट २ अंक जोडेको छ । अमेरिका भने अंकविहीन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *