मंगोलिया : गर्मी याममा समेत हिउँ पर्‍यो

काठमाडौं । मंगोलियाको राष्ट्रिय राजधानी उलान बातोरलगायतका केही भागमा गर्मी याममा समेत हिउँ परेको छ । बिहीवार बिहानैदेखि देशका पूर्वी, पश्चिम र मध्य भूभागमा भारी वर्षा भइरहेको हो ।

शुक्रबार बिहानैदेखि हिमपात भएको बताइएको छ । यद्यपि मंगोलियामा कठोर महाद्वीपीय जलवायु छ । गर्मीमा हिउँ एक दुर्लभ घटना भएको विज्ञहरुले बताएका छन् ।

देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले सम्भावित प्रकोपबाट बच्न थप सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । देशका मौसमविद्हरूका अनुसार अस्थिर मौसमको अवस्था सप्ताहन्तसम्म जारी रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *