असार ९ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. असार ०९
, २०८१ ई.सं. 23 Jun, 2024 शक संवत् १९४६ नेपाल संवत् ११४४ तछलागा कालयुक्त उत्तरायण ग्रीष्म आइतबार आषाढ कृष्णपक्ष तिथि प्रतिपदा ०५:४८ बजेसम्म, त्यसपछी द्वितिय ०४:३५बजेसम्म, त्यसपछी तृतीया नक्षत्र पूर्वाषाढा १८:३१ बजेसम्म, त्यसपछी उत्तराषाढा योग ब्रह्म १६:१८ बजेसम्म, त्यसपछी ऐन्द्र करण कौलव ०५:४८ बजेसम्म, त्यसपछी तैतिल १७:१५ बजेसम्म, त्यसपछी गर ०४:३५ बजेसम्म, त्यसपछी वणिज चन्द्रराशि धनु आनन्दादि योग शुभ दिनमान १३:५० सूर्योदय ५:११ सूर्यास्त १९:०१ ओलम्पिक दिवस । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्रबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । प्रियजनको साथ पाइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झनुपर्नेछ । आफूलाई कमजोर भएको अनुभूति पनि हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भूमि लाभ पनि रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रमाइलो यात्राको योग रहेको छ । सेवा र धर्मकर्ममा मन पनि लाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्न पाइएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष पनि गर्नु पर्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धर्मकर्म तथा समाजसेवाबाट सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज साथीको याद बढी आउनेछ । शिक्षामा सफलता मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार पनि आउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) यात्रा गर्दा सचेत हुनुपर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । स्वास्थ्य प्रति भने सचेत रहनु पर्छ, तर साँझमा आर्थिक लाभ मिल्नसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *