फिल्म ‘एक्टर’ मा प्रदीपलाई ‘भ्यानिटी भ्यान’ को सुविधा

काठमाडौँ । फिल्म ‘एक्टर’ को निर्माण टिमले नायक प्रदिप खड्कालाई ‘भ्यानिटी भ्यान’ उपलब्ध गराएको छ । सुटिङ स्पटमा कलाकारको सहजताका लागि ‘भ्यानिटी भ्यान’ उपलब्ध गराएको निर्माता थमन कुमार भण्डारीले मकालुखबरलाई बताए ।

निर्माता भण्डारीले उक्त ‘भ्यानिटी भ्यान’ मा ५– ७ जना बस्न मिल्ने सुविधासम्पन्न रहेको बताए ।

प्रदीपले टेक भएको अवस्थामा बाहेक अन्य समयमा यही भ्यानमा बसेर तयारी गर्नेछन् । ‘भ्यानिटी भ्यान’ सुटिङको क्रममा आराम गर्न, पहिरन परिवर्तन, मेकअप, शौचालय र अन्य कामका लागि उपयोगी मानिन्छ ।

राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

नायक खड्काले पहिलो पटक फिल्मी पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन् ।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन् । फिल्मको लाइन प्रोड्यूसरमा तोरन क्षेत्री रहेका छन् ।

फिल्मलाई आगामी कार्तिक १५ गते लक्ष्मीपूजालाई प्रदर्शन गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *