सहाना प्रधान स्मृति यू–१९ भलिबल सुरु, कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई हरायो

सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ। सहाना प्रधान प्रतिष्ठानद्वारा आयोजित पहिलो संस्करणको आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन्।

त्रिपुरेश्वरस्थित कबडकलमा सुरु भएको प्रतियोगिता अब हरेक वर्ष गर्ने साहना प्रधान प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी पूर्व सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बताइन्।

उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहाना प्रधान नेपाली वामपन्थी आन्दोलनको शिखर व्यक्तित्व भएको स्मरण गर्दै सामन्ती पञ्चायती व्यवस्थाविरुद्ध कठोर सङ्घर्ष हुँदै २०४६ सालको जनआन्दोलनसम्म आउँदा संयुक्त वाम मोर्चाको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए।

उनले समग्र खेल क्षेत्रको विकास र खेलाडीहरूलाई प्रोत्साहन गर्न आफूले विशेष ध्यान दिने बताए।

प्रतियोगितामा सात वटै प्रदेशका १९ वर्ष मुनिका महिला तथा पुरुष टोलीको सहभागिता छ। पहिलो दिनको खेलमा पुरुषतर्फ कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई हराएको छ।

असार १५ गतेसम्म हुने प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले २ लाख तथा तेस्रो हुनेले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *