सुपर ८ को अन्तिम खेलमा अमेरिका इंग्ल्यान्डसामु ११५ रनमा अलआउट

आईसीसी विश्वकप अन्तरगत सुपर ८ को आफ्नो अन्तिम खेलमा अमेरिका अन्तिम ७ बलअघि नै ११५ रनमा अलआउट भएको छ।

इंग्ल्यान्डका क्रिस जोर्डनको घातक बलिङमा अमेरिकाले पूरै इनिङ्स टिक्न सकेन। इंग्ल्यान्डसामु मात्र १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अमेरिकाका लागि नितिश कुमारले सर्वाधिक ३० रन जोडे । उनले २४ बलमा १ चौका र २ छक्का प्रहार गरे । कोरी एन्डरसनले २८ बलमा २९ रनको योगदान दिए ।

हरमित सिंहले १७ बलमा २१ रन जोडे भने स्टिभन टेलरले १२ तथा कप्तान एरोन जोन्सले १० रन बनाए ।

इंग्ल्यान्डका जोर्डनले घातक बलिङ गर्दै ४ विकेट लिए। उनले २।५ ओभरमा १० रन मात्र खर्चिएर चार विकेट लिँदा अमेरिकाको इनिङ्स धरापमा परेको हो। ५ विकेटको क्षतिमा ११५ रन बनाएको अमेरिकाले ६ बलको अन्तरमा बाँकी ५ विकेट कुनै पनि रन नजोडी गुमायो।

साम करन र आदिल रसिदले २–२ विकेट हात पारे भने रिस टोप्ले र लियाम लिभिङ स्टोनले १–१ विकेट लिए। इंग्ल्यान्डले जवाफी ब्याटिङ थालेको छ।

यो खेल जिते इंग्ल्यान्ड अन्तिम चारमा पुग्ने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *