गर्मी छल्ने उपयुक्त गन्तव्य बन्दै ‘सुकुटे’ (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँबाट नजिकै पर्ने ‘सुकुटे’ क्षेत्र यतिखेर गर्मी छल्ने उपयुक्त गन्तव्य बनेको देखिन्छ । सिन्धुपाल्चोकको सुनकोसी नदीमा र्‍याफ्टिङ गर्न र चिसो पानीमा डुबुल्की मार्न यहाँ थुप्रै आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका छन् ।

विशेषतः फागुनदेखि चैत्रसम्मको अवधिलाई यहाँ र्‍याफ्टिङ सिजन मानिन्छ । यसबाहेक गर्मीयाममा पनि मानिसहरू र्‍याफ्टिङको मज्जा लिन यहाँ आउने गर्दछन् । र्‍याफ्टिङको सिजनमा दैनिक १५ सय आन्तरिक तथा बाह्य पर्यटकहरू परिवार, समूह वा एक्लै पनि ‘सुकुटे’ आउने गरेका छन् ।

उनीहरू सुनकोसी नदीमा र्‍याफ्टिङ गर्दै आफ्ना व्यस्ततालाई थाँती राखेर पानीको मज्जा लिन्छन् ।

सुकुटे बजारको पाँच किलोमिटर क्षेत्रफलमा र्‍याफ्टिङ स्टार, सुनकोसीबीच, स्याण्डी बिच, भोटेकोसी बिच, सुकुटे रिभर फन बिच रिसोर्ट, सुकुटे बिच, रिभर बे, माया बिच, रक रिभर, सुनकोसी रिभरसाइड जस्ता रिसोर्ट स्तरका ११ होटेल छन् ।

उक्त रिसोर्टहरुले साहसिक गतिविधिसहित रिसोर्ट सञ्चालन गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *