‘जेरी : अन टप’ मा अनमोलको लुक्स सार्वजनिक

काठमाडौँ । चलचित्र ‘जेरी : अन टप’ मा अभिनेता अनमोल केसीको लुक्स सार्वजनिक भएको छ ।

सोमबार अनमोलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उक्त पोस्टर सार्वजनिक गरेका हुन् ।

यससँगै अनमोललाई थुप्रै फ्यानहरूको बधाई तथा सफलताको शुभकामनाको ओइरो लागेको छ ।

यस फिल्मलाई सुयोग गुरुङको निर्देशन गर्दे छन् । पहिला यो फिल्मलाई हेमराज बिसीले निर्देशन गर्ने तय भएको थियो तर, उनी अमेरिका गएपछि फिल्ममा सुयोग भित्रिएका हुन् ।

‘जेरी अन टप’का निर्माता सरोज न्यौपाने हुन् । फिल्मको निर्माणमा न्यौपाने र दीपक भण्डारीले सहकार्य गर्दै छन् । फिल्मको क्रिएटिभ निर्मातामा ‘फर्की फर्की’ निर्माता रोहित अधिकारी छन् ।

सन् २०१४ मा प्रदर्शनमा आएको सफल फिल्म ‘जेरी’को दोस्रो सिरिजको रूपमा निर्माण हुन लागेको यस फिल्मलाई नेपाल र अष्ट्रेलियामा छायांकन गरिने बताइएको छ । फिल्मलाई आउँदो तिहारमा प्रदर्शन गरिने बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *