कोशीको मुद्दामा भोलि जवाफी बहस

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तीविरुद्ध परेको रिटमा मंगलबार जवाफी बहस हुने भएको छ। केदार कार्कीले दायर गरेको रिटमा सोमबार पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।

न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा रिट निवेदकले जवाफ दिन बाँकी रहेको छ। आज सोमबार मुख्यमन्त्री हिक्मत कार्कीका तर्फबाट बहस भएको छ।

भोलि अधिवक्ता एवं कोशी प्रदेश नेकपा एमालेका सचेतक रेवतीरमण भण्डारीले बहस गर्ने अनि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ।

जवाफी बहस वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शम्भु थापा, बद्रीबहादुर कार्की लगायतले गर्ने तयारी छ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री भएको आफूलाई हटाउन नमिल्ने अवस्थामा हटाएर नयाँ सरकार गठन गरेको दाबी गर्दै उक्त निर्णय बदर गर्न माग गर्दै केदार कार्कीले रिट दायर गरेका थिए।

उक्त रिटमा भोलि फैसला हुने र कोशी सरकार बारे छिनोफानो हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *