विश्वकप क्रिकेटमा भारत र अष्ट्रेलिया भिड्दै, जित्नै पर्ने दबाबमा अष्ट्रेलिया

आईसीसी टि–२० विश्वकप क्रिकेटमा अहिले भारत र अष्ट्रेलिया भिडिरहेका छन्। सुपर ८ अन्तरगत समूहको अन्तिम खेलमा यी दुई टोलीको भेट भएको हो।

भारतले यसअघि अफगानिस्तान र बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलमा करिव स्थान तय गरेको छ। अफगानिस्तान र अष्ट्रेलियाको पनि सम्भावना छ।

अष्ट्रेलिया र अफगानिस्तान आ आफ्नो खेलमा विजयी भए नेट रनरेटको आधारमा सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्ने छ। अष्ट्रेलियाले यसअघि बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्थानसँग पराजित भएको थियो।

अफगानिस्तान भारतसँग पराजित भएको थियो। बंगलादेशलाई हराएमा भारत र अष्टे«लिया मध्ये एउटा टोली बाहिरिने सम्भावना छ।अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि भारत पहिले ब्याटिङ गरिरहेको छ।

पाँचौ ओभरको पहिलो बलपछि खेल वर्षाका कारण रोकिएको छ। भारतले एक विकेटको क्षतिमा ४३ रन बनाएको छ। विराट कोहली शून्य रनमै आउट हुँदा कप्तान रोहित शर्माले १४ बलमा ४१ रन बनाएका छन्। उनले २ चौका र ५ छक्का प्रहार गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *